जाँदा जाँदै जयशंकरको सन्देश : यथास्थितिमा संविधान जारी भए संकट ल्याउछ

जाँदा जाँदै जयशंकरको सन्देश : यथास्थितिमा संविधान जारी भए संकट ल्याउछ

  • शनिबार, अशोज २, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ २ असोज ।  भारतीय प्रधानमन्त्रीका बिशेष दुतका रुपमा हिजो काठमाडौ आइपुग्नु भएका विदेश सचिव यस जयशंकरले नेपालमा संबिधान जारी गर्दा सबै क्षेत्रमा उत्सबको माहौल बन्न नसकेको भन्दै यसले भबिष्यमा संकट ल्याउन सक्ने बताउनु भएको छ ।

आज बिहान स्वदेश फर्किने क्रममा त्रिभुवन बिमानस्थलमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रया दिदै विदेश सचिव जयशंकरले असन्तुष्ट मधेसी दलहरुलाई बाहिर राखेर संविधान जारी गर्दा भोलीका दिनमा आउन सक्ने कठिनाईवारे सोच्न नेपालका राजनीतिक दलहरुलाई आग्रह गरिएको बताउनुभयो ।

भारतले सदैव नेपालको सम्बृद्धि र बिकास होस भन्ने चाहना राखेको भन्दै उहाँले भविष्यमा कुनै समस्या नआउनेतर्फ चासो राखेको प्रतिक्रिया दिनुभयो । उहाँ आजै स्वदेश फर्किनु भएको छ ।

काठमाण्डौ बसाईका क्रममा उहाँले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशिल कोइराला, प्रमुख ३ दलका शिर्ष नेता तथा मधेसी मोर्चाका नेतासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

भेटमा उहाँले मधेसमा जारी आन्दोलनले आफ्नो मुलुकमा समेत असर पार्ने भन्दै मधेस केन्द्रित दललाई पनि समेटेर अघि बढन दवाव दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी