आज लुम्बिनी र झापा ११ भिड्दै

आज लुम्बिनी र झापा ११ भिड्दै

  • शनिबार, अशोज २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौ २ असोज ।  रेडबुल राष्ट्रिय लिग फुटबलमा आज लुम्बिनी फुटबल क्लव र झापा ११ बीच प्रतिस्पर्धा हुदैछ । खेल अपरान्न साँढे ३ बजे झापाको विर्तामोड स्थित डमला रंगाशालामा हुनेछ ।

यसअघि हिजो भएको खेलमा थ्रीस्टार र मनाङ–मस्र्याङ्दी क्लब १–१ बराबरीमा रोएिको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्रीस्टारका लागि ९ औं मिनेटमा गोल गर्दै जगजित श्रेष्ठले प्रारम्भिक अग्रता दिलाएका थिए ।

३५औं मिनेटमा सुजल श्रेष्ठको गोलबाट मनाङले खेल बराबरीमा ल्यायो । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । यो सँगै अंक तालिकामा ९ खेलबाट १७ अंकसहित झापा–११ शीर्ष स्थानमा छ भने ८ खेलबाट १५ थ्रीस्टार अंकसहित दोस्रो स्थानमा कायमै छ ।

यस्तै, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी ८ खेलबाट समान १४ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् । पाँचौं स्थानको मनाङको ८ खेलबाट १३ अंक भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी