काठमाडौ २ असोज ।
प्रदेश सिमांकन लगायत संविधानको विभिन्न बुँदामा असन्तुष्टी जनाउदै तराई मधेशमा आन्दोलन चर्काइरहेका मधेशवादी दललाई पनि समेटेर संविधान जारी गर्न भारतले दवाव दिएपछि आवश्यक छलफल गर्न प्रमुख तीन दलको बैठक आज बस्दैछ ।
संविधान सभाबाट नयाँ संविधान जारी गर्ने तयारी भइरहेका बेला असन्तुष्ट पक्षको माग सम्बोधनका विषयमा विषयमा छलफल गर्न प्रमुख दलको बैठक बस्न लागेको हो ।
बालुवाटार स्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकमा तराई मधेशमा आन्दोलनरत मधेश केन्द्रित दललाई संविधान निर्माण प्रक्रियामा समेट्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
यसअघि भारतीय प्रधानमन्त्रीका विषेश दुतका रुपमा हिजो काठमाडौ आइपुग्नु भएका विदेश सचिव यस जयशंकरले शिर्ष नेतृत्वसँगको भेटमा असन्तुष्ट पक्षको मागलाई पनि सम्बोधन गरेर संविधान जारी गर्न सुझाव दिनु भएको थियो ।