संविधान घोषणा समारोहलाई भव्य बनाउने तयारी

संविधान घोषणा समारोहलाई भव्य बनाउने तयारी

  • शनिबार, अशोज २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, २ असोज  । 

संविधानसभा सचिवालयले भोली हुने संविधान घोषणा समारोहलाई भव्य बनाउन आवश्यक तयारी थालेको छ ।

भोली साँझ ५ बजे एक समारोहकाबीच राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान घोषणा गर्दै हुनुहुन्छ । संविधानसभामा रहेका ५ सय ९८ सभासदमध्ये ५ सय ३७ सभासदको हस्ताक्षर सहित संविधान प्रमाणिकरण भएको छ ।

कार्यक्रममा आमन्त्रण गरिएका सबै अतिथि, विशिष्ट अतिथि र नेपालस्थित कूटनीतिक निकायका प्रमुखलाई निमन्त्रणा पठाइसकेको सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।

राष्ट्रपति डा. यादवले संविधान जारी भएको घोषणा गरेपछि सभाध्यक्ष नेम्वाङले संविधान निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिने कार्यक्रम छ ।

समारोहमा राष्ट्रपतिको कुनै पनि सम्बोधन नभएपनि नियमावलीअनुसार नै तोकिएको भाषामा राष्ट्रपतिले संविधान जारी भएको घोषणा गर्नुहुने सचिवालयले जनाएको छ ।

राष्ट्रपतिले संविधान सार्वजनिक गर्नुभएपछि नेपालको अन्तरिम संविधान २०६३ स्वतः खारेज हुन्छ भने त्यतिखेरदेखि नै नयाँ संविधान लागु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी