काठमाडौ २ असोज ।
आफूसँग गरेको सम्झौता कार्यन्वयमा सरकार उदासिन देखिएको भन्दै शिक्षण अस्पताल महाराजगन्जका प्रध्यापक डा. गोविन्द केसीले पुन अनशनमा बस्ने चेतावनी दिनुभएको छ ।
यसअघि गरिएको सम्झौता सतप्रतिशत कार्यनवयन भएको दावी गरिरहेका बेला डा केसीले सम्झौता कार्यन्यन नभएको भन्दै सरकारलाई आज अपरान्न तीन बजेसम्मको अल्टिमेटम दिनुभएको छ ।
डा केसीले पछिल्लो पटकको अनशनको क्रममा सरकारले आफूसँग गरेको ११ बुँदे सम्झौतामा फेरबदल गरी त्यस भित्रका विषयवस्तुको आसय मेटिने गरी निर्णय गरेको आरोप लगाउनु भएको छ ।
डा केसीसँगको सम्झौता अनुसार मन्त्रिपरिषदको सामाजिक समितिले हिजो चिकित्सा शिक्षा निति तर्जुमा र विधेयक मस्यौदाका लागि शिक्षामन्त्री चित्रलेखा यादवको नेतृत्वमा १८ सदस्यीय आयोग गठन गरेको छ ।
यस्तै काठमाडौ उपत्यका भित्र मेडिकल कलेज, डेन्टल र नर्सिङ कलेजका लागि मनसाय पत्र नविकरण नगर्ने, एकबिबीएसको शुल्क ३५ लाख भन्दा बढी लिन नपाउने, मेडिकल कलेजको सिट संख्य, शुल्का निर्धारण लगायतका विषयमा छानबिन गर्न जाँचबुझ आयोग गठन लगायतका निर्णय गरी कार्यन्वयनका लागि सम्बन्धित मन्त्रालयमा निर्देशन दिएको जनाएको छ ।