नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नुपर्नेमा जोड

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नुपर्नेमा जोड

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, १ असोज । नेपाली मौलिकतामा निर्माण भएका चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

नेपाल चलचित्र विकास बोर्डले ‘राष्ट्रिय चलचित्र दिवस–२०७२’ का अवसरमा आज आयोजना गरेको अन्तक्र्रियामा चलचित्र क्षेत्रका कलाकारले सरकारले नेपाली चलचित्रलाई संरक्षण गर्नुका साथै विश्व परिवेशमा नेपाली मौलिक भाषा, शैलीमा बनेका चलचित्रलाई पु¥याउन सहयोगी भूमिका खेल्नुपर्ने माग गर्नुभयो ।

उहाँहरुले राम्रा चलचित्रलाई अङ्ग्रेजी भाषामा अनुवाद गरी अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो ।

बोर्डका अध्यक्ष राजकुमार राईले चलचित्र क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन बोर्डले चलचित्र नीति निर्माण गरिसकेको र त्यसलाई मन्त्रिपरिषद्मा पठाउन लागिएको जानकारी दिनुभयो ।

उहाँले नेपाली चलचित्रमा कथाको विषयवस्तु मौलिक हुन नसकेका कारण अहिले यो क्षेत्र धरासायी बन्दै गएकाले समाजका वस्तुस्थिति तथा दुःख पीडालगायत विभिन्न समस्यालाई चलचित्रले समेट्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव युवराज लामाले चलचित्रकर्मीले समयसापेक्ष दर्शकको चाहनालाई बुझेर चलचित्र निर्माण गर्नुपर्नेमा जोड दिँदै सरकारले ठूला चलचित्रलाई धेरै तथा साना चलचित्रलाई थोरै कर लगाएर यस क्षेत्रको संरक्षण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

वरिष्ठ चलचित्रकर्मी लक्ष्मीनाथ शर्मा, मदनदास श्रेष्ठ, कृष्ण मल्ल, लक्ष्मी गिरी, देशभक्त खनाल, हरिहर शर्मालगायतले चलचित्र क्षेत्रलाई उद्योगका रुपमा विकास गर्नुपर्नेमा जोड दिँदै त्यस क्षेत्रमा रहेका व्यावसायिक समस्यालाई न्यूनीकरण गरी चलचित्रलाई विश्वसमक्ष लैजानुपर्ने औँल्याउनुभयो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी