किर्गिस्तान विरुद्ध नेपालको शानदार जीत

किर्गिस्तान विरुद्ध नेपालको शानदार जीत

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 20.1K
    SHARES

काठमाडौ १ असोज

एएफसी अन्डर १६ छनोट खेलमा नेपालले आयोजक किर्गिस्तानलाई शानदार रुपमा ४–२ गोल अन्तरले पराजीत गरेको छ । यो जीतसगै अपराजीत रहेको नेपाल ६ अंक सहित समुहको शीर्ष स्थानमा रहेको छ । भने किर्गिस्तान प्रतियोगीताबाट बाहिरिएको छ । उसले पहिलो खेल ओमन विरुद्ध २–० ले गुमाएको थियो ।
पहिलो हाफ् सकिदा फितलो प्रदर्शन गर्दै २–० ले पछि परेको नेपालले दोस्रो हाफ्मा आक्रामक खेल प्रस्तुत गर्दै जीत निकाल्न सफल भएको हो ।
नेपालका लागि ५८ औं मिनेटमा कप्तान मनिष कार्कीले गोलको खाता खोलेका थिए । त्यस पछि ६२ औं मिनेटमा अभिषेक रिजालले गरेको गोललाई रेफ्रिले मान्यता दिएनन् ।
तर ६६ औं मिनेटमा छरिता स्ट्राईकर रेजिन सुव्वाले उत्कृष्ट गोल गर्दै नेपाललाई बराबरीमा पुऱ्याएका थिए । मिडफिल्डबाट आकर्षक रुपमा छक्याउदै लगेको बललाई उनले जाली चुमाएका थिए ।
त्यस पछि रेजिनले नै फेरी ७३ औं मिनेटमा दोस्रो गोल गर्दै नेपाललाई अगाडी बढाएका थिए । रेजिनले जोर्डन विरुद्ध पनि दुई गोल गरेका थिए ।
त्यस पछि खेलको ८५ औं मिनेटमा दोहोरो पहेलो कार्ड खादै किर्गिस्तानका अजमत बाहिरीए पछि उ १० खेलाडीमा सीमित भएको थियो ।
त्यसको फाईदा उठाउदै दिनेश योञ्जनले गोल गरेका थिए ।
कुलमा नेपालले दोस्रो हाफ्मा मात्र ४ गोल गरी ऐतिहासिक जीत निकाल्न सफल भएको हो ।
खेलको २९ औं मिनेटमा लक्ष्मण परियारले विपक्षीमाथि फल गर्दा पाएको फ्रिकिकमा आयोजक किर्गस्तानले पहिलो गोल गरेको थियो ।
त्यसको तीन मिनट पछि नै फेरी रेफ्रिले नेपाली खेलाडीले फल गरेको देखाउदै पेनाल्टीको अवसर दिए पछि नेपाल ३२ औं मिनेटमा २–० ले पछि परेको थियो । फ्रिकिकमा गुल्जीतले गोल गरेका थिए भने पेनाल्टीमा एमीरले गोल गरेका थिए ।
नेपालले पहिलो ८ औ मिनेटमा पाएको सुन्दर मौकामा प्रिजन गोल गर्न चुकेका थिए भने २५ औं मिनेटमा अभिषेक रिजालले अर्को सुनौलो मौका खेर फालेका थिए ।
जोर्डन विरुद्ध जीत निकालेका नेपाली खेलाडीहरुको तालमेल मिलेको थिएन । तर प्रिजेनको ठाउमा दोस्रो हाफ्मा दिनेश योञ्जन मैदानमा छिरे पछि नेपालले खेलमा सुधार गरेको थियो ।
यसअघि नेपालले समुहको बी को दाबेदार जोडर्नलाई २/१ ले स्तब्ध पारेको थियो भने किर्गिस्तान घरेलु सार्थनका बाबजुद ओमनसाग २/० ले पराजित भएको थियो । नेपालले अब आईतबार ओमन विरुद्ध खेल्ने छ ।
किर्गिस्तानको डोलोन ओमरजाकोभ रंगाशालामा जारी प्रतियोगितामा कुल ११ समुह रहेको छ भने सबै समुहको विजेता टोली अर्को वर्ष भारतमा हुने अन्डर १६ च्याम्पियनसीपका लागि छनोट हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी