काठमाडौ, १ असोज
प्रहरी महानिरीक्षक उपेन्द्र कान्त आर्यालले प्रहरी निरीक्षक पदमा नयाा नियुक्ति भएका ६७ जना विभागीय प्रहरी अधिकृतहरुलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित बिशेष समारोहमा दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।
प्रहरी महानिरीक्षक अर्यालले आगामी दिनहरुमा समाजमा शान्ति सुरक्षा कायम गर्ने प्रहरी कर्मचारीको जिम्मेवारी कठिन र चुनौतीपूर्ण भएको बताउदै चुनौतीहरुको सामना गर्न व्यवसायीक ज्ञान, सक्षमता र अदम्य साहसको प्रदर्शन गर्न निर्देशन दिनुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नवनियुक्त प्रहरी निरीक्षकहरुलाई बधाई दिदै उज्जवल भविष्यको कामना समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
२०७१ असोज २४ गतेको बिज्ञापन अनुसार खुल्ला तथा समाबेशी समूहतर्फ उत्तिर्ण कुल १२६ मध्ये बिभागीय उम्मेदवार उनीहरु नेपाल सरकार, गृह मन्त्रालय सचिवस्तरको भदौ २९ गतेको निर्णयानुसार शुक्रबारदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा नियुक्ती भएका हुन् ।