लुटपाटमा संलग्न व्यक्तिहरु पक्राउ 

लुटपाटमा संलग्न व्यक्तिहरु पक्राउ 

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, १ असोज
ठमेलस्थित कर्मचारी संचय कोष नजिक साउन २१ गते भएको लुटपाटमा संलग्न २ जनालाई महानगरीय अपराध महाशाखाले काठमाडौं ठमेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं सोह्रखुट्टे बस्ने मोरङ हसनदह गाविस–१ का २५ वर्षीय बिनोद चौधरी र काठमाडौं गल्कोपाखा बस्ने काभ्रे बालुवापाटी गाविस–२ का १८ वर्षीय सागर ढकाल रहेका छन् । उनीहरुबाट २ थान सामसुङ मोबाइल र १ थान १ तोला २ लालको सुनको औंठी प्रहरीले बरामद गरेको छ ।
काठमाडौं धापासी बस्ने अर्घाखााची चिदिका–८ का राजेन्ऽ ज्ञवालीलाई उनीहरुले कुटपिट गरी नगद ४ हजार ५ सय रुपैयाा, १ थान सामसुङ ग्यालेक्सी नोटथ्री मोवाईल सेट, १ थान सवारीचालक अनुमतीपत्र, १ थान ब्लुबुक, १ थान एटीएम कार्डसहितको मनिपर्स, १ थान २ तोला ४२ लालको सुनको सिक्रीसमेतको धनमाल लुटपाट गरी फरार भएका थिए ।
उनीहरुलाई प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कानुनी कारबाहीको लागि महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ