रामेछाप दुर्घटनामा मृतक छ जनाको सनाखत

रामेछाप दुर्घटनामा मृतक छ जनाको सनाखत

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

मन्थली, १ असोज ।

रामेछापमा आज अपराह्न भएको बस दुर्घटनामा मृत्यु हुने छजनाको सनाखत भएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा गोठगाउँ गाविस–३ की मसिनी भन्ने दीलमाया मगर, वडा नंं ४ का हेमबहादुर थापा, वडा नंं ५ का भीमबहादुर बुढाथोकी, विजुलीकोट–४ का जीतजङ्ग महत, मन्थली नगरपालिका–७ की दीलकुमारी आलेमगर तथा मनकुमारी पिठाकोटी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घटनामा परी ४० भन्दा बढी यात्रु घाइते भएको बताइएको छ । घाइते सबैको उद्धार गरी मन्थली ल्याइसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनकुमार परियारले जानकारी दिनुभयो ।

अहिले घाइतेहरूको सदरमुकाम मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडाँै लानुपर्ने अवस्था रहेको उहाँले बताउनु भयो ।

सदरमुकाम मन्थलीबाट रामेछापको गोठगाउँ गाविसका लागि छुटेको यात्रुबाहक बस मन्थली नगरपालिका–७ जुँगेपानीमा सडकबाट करिब २०० मिटरभन्दा तल खसेको थियो ।

प्रहरीका अनुसार मन्थलीबाट बस छुट्ने बेला ३५ जनामात्रै यात्रु रहेको तर बीच बाटोमा अरु थप यात्रु चढेकाले कति यात्रु भएको भन्ने यकिन छैन । तर स्थानीयले भने उक्त बसमा करिब ७० यात्रुहरू रहेको र ५० भन्दा बढी घाइते भएको जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी