महान उपलव्धिलाई सबैले जोगऔं: कोईराला 

महान उपलव्धिलाई सबैले जोगऔं: कोईराला 

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, १ असोज । प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट संविधान प्राप्त गर्नु इतिहासको अत्यन्त महत्वपूर्ण क्षण भएको बताउनु भएको छ ।

संविधान प्रमाणीकरण भएपछि आज पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “आजको दिन इतिहासमा आउने विरलै दिन हो, विगत ७० वर्ष अपेक्षा पूरा भएको छ ।” प्रजातन्त्रमा आस्था राख्ने विश्वका सबै राष्ट्रले यो उपलब्धिलाई अद्वितीय समर्थन जनाउनुपर्नेमा उहाँको जोड थियो । प्रधानमन्त्री कोइरालाले पुस्ताँैदेखि लोकतन्त्रका निम्ति लडेर यो उपलब्धि प्राप्त गरेको उल्लेख गर्दै भन्नुभयो, “यो महान् उपलब्धिलाई हामी सबै मिलेर जोगाउनुपर्छ ।”

पछिल्लो संविधानसभाको प्रक्रियाबाट बाहिरिएका र संविधानसभाभन्दा बाहिर रहेका दलतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, “अब विरोध होइन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता तथा महिला, जनजाति, आदिवासी, दलित, पिछडिएका वर्गको हकअधिकार सुरक्षित भएको छ, यसको संरक्षण गर्नुपर्छ ।” प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “अब पनि द्वन्द्व, सङ्घर्ष, तोडफोड, हत्या हिंसामा हामीहरु लाग्याँै भने प्राप्त उपलब्धि पनि गुम्छ, त्यसतर्फ सचेत हुनुपर्छ ।”

समृद्धशाली आधुनिक नेपाल निर्माणमा लाग्न सबैलाई आग्रह गर्दै उहाँले मधेस पहाड, हिमाललाई एक ढिक्का बनाएर मुलुकको विकासमा अग्रसर हुनुपर्छ भन्नु भयोे ।
उहाँले मधेस, पहाड र हिमालका जनताका भाषा, संस्कृति, वेशभूषा र विकासका विषयलाई पनि पूरा गरेर अगाडि बढ्ने बताउनुभयो । उठेका विभिन्न विषय सम्बोधन भएन भनेर नआत्तिन आग्रह गर्दै उहाँले भन्नुभयो, “माग पूरा भएन भनेर आत्तियौँ, धैर्य राख्न सकेनौँ भने फेरि मुलुकले दुःख पाउँछ, त्यसकारण म सकारात्मक हुन अनुरोध गर्न चाहन्छु ।”

प्रधानमन्त्री कोइरालाले आफ्नो तीन चार पुस्ता मधेसमा बसेको उल्लेख गर्दै मधेसी मोर्चालाई सकारात्मक हुन अनुरोध गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी