मनाङ र थ्रीस्टारलाई एक एक अङ्क

मनाङ र थ्रीस्टारलाई एक एक अङ्क

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ १ असोज । राष्ट्रिय लिग फुटबल प्रतियोगितामा तालिकाको दोस्रो स्थानमा रहेको थ्रीस्टार र पाँचौ स्थानमा रहेको मनाङले आज बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

सात दोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा थ्रीस्टारले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अङ्क बाँड्न बाध्य भयो । पहिलो हाफको नवौँ मिनेटमा जगजित श्रेष्ठले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए । थ्रीस्टारको अग्रता धेरैबेर टिक्न सकेन । खेलको ३५औँ मिनेटमा मनाङका सुजल श्रेष्ठले गोल गर्दै खेल बराबरीमा पु¥याए । पहिलो हाफ एक÷एक गोलको बराबरीमा सकियो । त्यसपछि दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल एक÷एकको बराबरीमा सकियो ।

आजको बराबरीसँगै अङ्क तालिकामा ९ खेलबाट झापा–११ १७ अङ्कसहित शीर्ष स्थानमा छ भने थ्रीस्टार आठ खेलबाट १५ अङ्कसहित दोस्रो स्थानमा कायमै छ । त्रिभुवन आर्मी र सशस्त्र प्रहरी समान आठ खेलबाट समान १४ अङ्कसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् । पाँचाँैं स्थानको मनाङको आठ खेलबाट १३ अङ्क छ । त्यस्तै नौ खेल खेलेको सुदूरपश्चिम १० अङ्का साथ छैटौँ, आठ खेल खेलेको नेपाल पुलिस सात अङ्कका साथ सातौँ, आठ खेल खेलेको मोरङ फुटबल क्लब चार अङ्कका साथ आठौँ र नौ खेल खेलेको लुम्बिनी फुटबल क्लब चार अङ्कका साथ तालिकाको अन्तिममा छ ।

जारी राष्ट्रिय लिगमा मोफसलका चार र ’ए’ डिभिजनका विभागीय तीनसहित पाँच क्लब गरी नौ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । मोफसलबाट झापा, सुदूरपश्चिम, मोरङ र जगदम्बा लुम्बिनी तथा राजधानीका थ्रीस्टार, मनाङमस्र्याङ्दी, नेपाल पुलिस, एपिएफ र त्रिभुवन आर्मी सहभागी छन् ।

प्रतियोगिताअनुसार शनिबार अङ्कतालिकाको शीर्ष स्थानमा रहेको झापा ११ र आठौँ स्थानमा रहेको लुम्बिनी फुटबल क्लबबीच अपराह्न ३ः३० बजे खेल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी