१ असोज भोजपुर
राणाकालिन ब्रम्हाणवादी समाजमा सतीप्रथा विरुद्ध वि.सं १९९८ असार ३१ गते ६८ अनुयायी शिष्य सहित अरुण नदीमा बगेकी सन्त योगमाया न्यौपानेलाई राष्ट्रिय विभूति बनाउन स्थानीयले माग गरेका छन् ।
धर्मराज्यको अन्त्य हुनुपर्ने माग सहित महिला अधिकारको पक्षमा वकालत गर्ने अभियन्ता योगमायालाई विभूति घोषणा गर्न माग गरिएको हो ।
भोजपुरको नेपालेडााडा–४ मजुवाबोसीकी उनले ७४ वर्षको उमेरमा महिला हिंसा र कुरीति, कुप्रथा र सतीप्रथाको विरोध गर्दै ५९ शिष्य सहित नदीमा हामफालेर देह त्याग गरेकी थिइन् ।
उनको समर्थन गर्दै त्यसपछि पनि ९ महिलाले अरुण नदीमा बगेर देहत्याग गरेका थिए ।
खाादबारीमा राष्ट्रिय विभूति घोषणा तथा मार्ग नामाङ्करणका लागि महिला अभियानका सदस्यहरुले हस्ताक्षर संकलन थालेका हुन् ।
समूहले सभा खोलादेखि नेपालेडााडा–४ मजुवा बोसीसम्मको सडकलाई योगमाया सडक नामकरण गर्न पनि माग गरेका छन् ।
महिला अधिकारको पक्षमा महान कर्म र त्याग गरेकी उनलाई सबैले सम्झनुपर्ने भन्दै महिलाहरुले उनको सम्मान राज्यले गर्न भुल्न नहुने माग गरेका छन् । उहको सम्मानमा राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने समूहको माग छ ।
योगमायाले पुजा गर्ने मन्दिर अहिले भग्न अवस्थामा छ । उनको सम्झानामा खाादबारी–१३ को मनकामनामा ७४ फिट अग्लो शालिक निर्माण गर्ने तयारी गरेको छ ।
योगमाया प्रतिष्ठान नेपालका अध्यक्ष राजेन्द्र थापाले उहाको योग्दानको राज्यले कदर गर्नुपर्ने माग गरेका छन् ।
तत्कालीन राणा समाजको प्रथाको विरोध गर्दा वि.सं. १९९५ मा जेलजीवन भोगेकी उनलाई सबैले सम्मान गर्नुपर्ने थापाले माग गरे ।
योगमाया न्यौपाने ब्रम्हाणबादी समाजमा सर्वहारा पक्षको वकालत गर्ने प्रगतिशील ब्रह्माण महिला रहेकी थापाले बताउनुभयो ।