सातौँ राष्ट्रिय खेलकुदको मस्कट अर्ना

सातौँ राष्ट्रिय खेलकुदको मस्कट अर्ना

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ, १ असोज । पूर्वाञ्चलमा आगामी मसिङ्र ७ देखि हुने सातौँ राष्ट्रिय खेलकुदका लागि आज प्रतीक चिह्न तथा शुभङ्कर प्रतीक(मस्कट) सार्वजनिक गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्मा आज आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सूर्य र चन्द्राङ्कित प्रतीक चिह्न तथा अर्नाअङ्कित मस्कट सार्वजनिक गर्नुभएको हो । सो प्रतीक चिह्न खिमराज श्रेष्ठले र मस्कट सन्तोष विष्टले निर्माण गर्नुभएको हो ।

रातो पृष्ठभूमिलाई अर्ध गोलाकार रुपमा नीलो रङले घेरिएको राष्ट्र र राष्ट्रियता झल्कने प्रतीक चिह्नबापत श्रेष्ठलाई रु ४५ हजार मस्कटबापत विष्टलाई ३५ हजार प्रदान गरिएको राखेप सदस्यसचिव केशव विष्टले जानकारी दिनुभयो । दक्षिण एसियामा नै दुर्लभ मानिएको नेपालको पूर्वी क्षेत्रमा पाइने अर्नालाई मस्कटका रुपमा प्रयोग गर्न लागिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी