काठमाण्डौ, १ असोज ।
संविधानसभा अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान २०७२ मा हस्ताक्षर सहित प्रमाणीकरण गर्नुभएको छ ।
संविधानसभाबाट पारित भएको संविधानलाई संविधानसभा अध्यक्षले संविधानसभाको ल्होत्से हलमा आयोजित एक समारोहमा अध्यक्ष नेम्वाङले प्रमाणिकरण गर्नुभएको हो ।
प्रमाणीकरण समारोहमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पूर्व प्रधानमन्त्रीहरु सहभागी हुनुहुन्थ्यो । संविधान प्रमाणीकरणपछि निकैबेर सम्म ल्होत्से हलमा तालीको गुञ्जायमान भयो ।
![;+ljwfg;efaf6 kfl/t g]kfnsf] ;+ljwfg @)&@ df x:tfIf/ ;DkGg kl5 zLif{ g]tfx? v';LofnLsf ;fy cleefjbg ub}{ . tl:a/ M /Tg >]i7, /f;; .](https://780.34f.myftpupload.com/wp-content/uploads/2015/09/sambidhan1.jpg)
;+ljwfg;efaf6 kfl/t g]kfnsf] ;+ljwfg @)&@ df x:tfIf/ ;DkGg kl5 zLif{ g]tfx? v’;LofnLsf ;fy cleefjbg ub}{ . tl:a/ M /Tg >]i7, /f;; .
प्रमाणिकरणपछि अध्यक्ष नेम्वाङ सहित शीर्ष नेता र सभासदहरुले एक आपसमा बधाई साटासाट गर्नुभयो । संविधानसभाले संविधान प्रमाणीकरण गरेपछि अब प्रकाशन हुनेछ ।
प्रमाणीकरण गरिएका पाँच प्रति नेपाली कागजमा छापिएका संविधानमध्ये राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, कानुन मन्त्रालय र संविधानसभा सचिवालयको अभिलेखमा राखिनेछ । अब संविधान जारी हुने बाहेक नेपालको संविधान निर्माणको सबै औपचारिक काम सकिएको छ । आइतबार नेपालको संविधान २०७२ सार्बजनिक हुनेछ ।