काठमाडौं १ असोज ।
प्रदेश सिमांकन लगायत संविधानका विभिन्न बुँदामा असन्तुष्टी जनाउदै देशका विभिन्न स्थानमा जारी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुका परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।
आज बिहान बसेको मन्त्री परिषद वैठकले उक्त निर्णय गरेको हो । साथै आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय पनि गरेको सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जानकारी दिनुभयो ।
यसैबीच राष्ट्रसंघको सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले भाग लिने विषय पनि मन्त्री परिषद वैठकले टुंगो लगाएको छ ।
यस्तै संविधान जारी हुने भएपछि खुसीयाली साटासाट गर्न असोज ३ र ४ गते सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रीपरिषदले स्वीकृत गरेको मन्त्री पण्डितले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline