काठमाडौ १ असोज ।
जिल्ला प्रशासन कार्यालय कैलालीले यसअघिकै तालिका अनुसार सदरमुकाम धनगढी नगर क्षेत्रमा लगाएको निषेधाज्ञा आज पनि कायमै राखेको छ ।
धनगढी नगर क्षेत्रमा आज मध्यान्न १२ बाट ३ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
जिल्लाको टीकापुर नगर क्षेत्र र भजनी–त्रिशक्ति नगरपालिका सहित आसपासका गाविस क्षेत्रमा लगाउँदै आएको चौबीस घन्टे निषेधाज्ञा आज बिहान ५ देखि अपराह्न १ बजेसम्म हटाइएको थियो ।
ती क्षेत्रमा अन्य समयमा लगाउँदै आएको निषेधाज्ञा र घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र भने कायमै रहने जनाइएको छ ।
टीकापुरमा गत भदौ ७ गते भएको हिंसात्मक झडपमा आठ प्रहरी र एक बालकको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले निरन्तर निषेधाज्ञा जारी गर्दै आएको छ ।
टीकापुर घटनापछि त्यस क्षेलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेना समेत परिचालन गरिएको छ ।