भारतीय विदेश सचिव एस जयशंकर काठमाडौंमा

भारतीय विदेश सचिव एस जयशंकर काठमाडौंमा

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ १ असोज ।

नेपालमा नयाँ संविधान जारी गर्ने तयारी भैरहेकाबेला भारतीय विदेश सचिव एस जयशंकर नेपा आउनुभएको छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा काठमाडौं आज विहान काठमाडौं आइपुग्नु भएको हो ।

नेपालमा उहाले उच्चस्तरीय राजनीतिक नेतृत्व राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

जयशंकरले अहिले केहिबेरमा प्रधानमन्त्री सुशील कोइरालालाई भेट्ने र दिउँसो दुई बजे राष्ट्रपति डा. रामवरण यादवलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तथा आन्दोलनरत केही मधेसवादी दलका नेताहरुसँग पनि भेट गर्ने बताइएको छ ।

यसअघि भारतीय राजदुत रन्जीत रायले नेपालको राजनीतिक घटनाक्रमबारे दिल्ली मै पुगेर भारत सरकारलाई ब्रिफिङ गर्नु भएको थियो ।

भारतसँग निकट सम्बन्ध रहेका भनिएका केही मधेसवादी दलहरु नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएका बेला भारत सरकारका विशेष दूतका रुपमा विदेश सचिव जयशंकरको भ्रमणलाई चासोका साथ हेरिएको छ । जयशंकर शनिबार स्वदेश फर्किने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ