काठमाडौं, १ असोज ।
नेपालको संविधान २०७२ मा सदस्यले हस्ताक्षर गरिरहेका छन । हिजो बेलुकी संविधानसभाबाट पारित ३ सय ८ धारा समेटिएको संविधानमा सुरु भएको हस्ताक्षर कार्यक्रम अपराह्न ३ बजेसम्म चल्ने छ ।
हस्ताक्षरका लागि सभासदहरुलाई विभिन्न १० समुहमा विभाजन गरि संविधानसभा भवनमा छुट्टा छुट्टै स्थान तोकिएको छ ।
नेपाली काजगमा छापिएको संवधानका ५ प्रतिमा सभासदले हस्ताक्षर गरिसकेपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले त्यसलाई प्रमाणिकरण गर्नुहुनेछ । प्रमाणीकरण भएपछि संविधान निर्माण गर्ने सभासदहरुको औपचारिक कार्य समाप्त हुनेछ ।
पर्सी राष्ट्रपति डा रामबरण यादवले एक विशेष समारोहकाबीच संविधानसभाबाट निर्मीत संविधान जारी भएको व्यहोरामा हस्ताक्षर गरि घोषणा गरेपछि नयाँ संविधान लागु हुने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline