भारतीय विदेश सचिव एस जयशंकर आज नेपाल आउँदै

भारतीय विदेश सचिव एस जयशंकर आज नेपाल आउँदै

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ १ असोज ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा भारतीय विदेश सचिव एस जयशंकर आज नेपाल आउँदै हुनुहुन्छ ।

नेपालमा नयाँ संविधान जारी गर्ने तयारी भइरहेका बेला भारत सरकारले आफ्नो विशेष दूत पठाएको हो ।

भारतीय विदेश सचिव जयशंकरले आजै राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, सेना प्रमुख राजेन्द्र क्षेत्री लगायतसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार उहाँले एमाले अध्यक्ष केपी ओली र एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तथा आन्दोलनरत केही मधेसवादी दलका नेताहरुसँग पनि भेट गर्ने बताइएको छ ।

यसअघि भारतीय राजदुत रन्जीत रेले नेपालको राजनीतिक घटनाक्रमबारे दिल्ली मै पुगेर भारत सरकारलाई ब्रिफिङ गर्नु भएको थियो । राजदुत रे पनि आजै नेपाल आउनु हुनेछ ।

भारतसँग निकट सम्बन्ध रहेका भनिएका केही मधेसवादी दलहरु नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएका बेला भारत सरकारका विशेष दूतका रुपमा विदेश सचिव जयशंकरको भ्रमणलाई चासोका साथ हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी