अछाम,१ असोज ।
अछाम जिल्लामा झण्डै २ सय हेक्टर वनक्षेत्र अतिक्रमण भएको पाईएको छ । जिल्लाका बिभिन्न रेञ्जपोष्ट अन्र्तगत सरकारी तहवाट, संस्थागत र ब्याक्तिगत रुपमा बन अतिक्रमण रहेको पाईएको छ ।
अछाममा कुल ८७ हजार २ सय हेक्टर बनक्षेत्र रहेकोमा सरकारी कार्यालयहरुले ३५ हेक्टर, संस्थागत ४५ हेक्टर, बजारक्षेत्रमा १८ हेक्टर, बिद्यालयहरुले १६ हेक्टर र ब्याक्तिगत तथा बाढी पहिरो पिडीतहरुवाट ८६ हेक्टर बनक्षेत्र अतिक्रमणमा परेको जिल्ला वन कार्यालयको तथ्यंक रहेको छ । बनक्षेत्र अतिक्रमण सबैभन्दा बढी मंगलसेनको पालेवन, ढकारी, कमलबजार, ठाँटी र शान्तडामा भएको जनाईएको छ ।
अतिक्रमित वनक्षेत्रमध्ये सबै ठाँउमा बिगत द्धन्द्धकालभन्दा अगाडि संरचना निर्माण भईसकेको पाईएकाले जिलला वन कार्यालयलाई अहिले अप्ठेरो परिरहेको जिलला वन कार्यालय अछामका निमित्त जिल्ला वन अधिकृत खुदु्रस मियाँले जाँनकारी दिए । अतिक्रमण अन्य जिल्लाको जस्तो डरलाग्दो अवस्था नभएपनि अतिक्रमण हटाँउनका लागि समस्या परिरहेको उनको भनाई छ ।
जिल्लाका सबै क्षेत्रमा नयाँ ठाँउमा वन अतिक्रमण नभएको जाँनकारी दिदै जिल्ला वन कार्यालय मार्फत अतिक्रमण नियनत्रणका लागि बिभिन्न बैठक, प्रचारप्रसार र साँमुदायिक वनहरुलाई निर्देशन दिने कार्य भईरहेको बताईएको छ ।
वनक्षेत्रमा सुदूरपश्चिममा सबैभन्दा धनी रहेको अछाममा वनक्षेत्र ब्यावसिथत पार्न र अतिक्रमण कार्यलाई निरुत्साहित गर्नका लागि ठोस कार्ययोजना बनाई अगाडि बढ्ने कार्यक्रम रहेको जिल्ला वन कार्यालय मंगलसेन रेञ्जपोष्टका रेञ्जर विकाश शर्माले बताए ।
हाल जिल्लामा भईरहेको अतिक्रमण हटाँउनका लागि राजनीतिक प्रतिबद्धता, जनताको चासो र प्रशासनिक सहयोगको आवस्यकता रहने जिल्ला वन कार्यालय अछामले जनाएको छ ।