प्रमुख दलले आज पनि फोरम लोकतान्त्रिकसँग छलफल गर्दै

प्रमुख दलले आज पनि फोरम लोकतान्त्रिकसँग छलफल गर्दै

  • शुक्रबार, अशोज १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, १ असोज ।  

प्रमुख तीन दल र विजयी गच्छादार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक बीच आज पनि छलफल हुदैछ ।

संविधान निर्माण प्रक्रियामा असन्तसष्टी जनाउदै संविधान सभाबाट बाहिरिएको सो पार्टीलाई संविधानसभामा पुनः फर्काउने पहल स्वरुप छलफल सुरु भएको हो ।

यसअघि हिजो भएको छलफल बिना निष्कर्ष टुङ्गिएको थियो । बालुवाटार स्थित प्रधानमन्त्री निवासमा हिजो राति अबेरसम्म छलफल भएपनि कुनै निष्कर्षमा पुग्न सकेन ।

समानुपातिक समावेशिता लगायत सीमाङ्कनका विषयमा देखिएको विवादलाई सङ्घीय आयोग मार्फत टुङ्ग्याउने, तथा हाल कायम रहेका ७५ जिल्लालाई एक एक निर्वाचन क्षेत्र मान्ने विषयमा छलफल भएपनि निष्कर्षमा भने पुग्न नसकेको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।

यस विषयमा आज थप छलफल गरी निष्कर्षमा पुगिने बताइएको छ । फोरम लोकतान्त्रिककले प्रदेशको सीमाङ्कन, समाुनपातिक समावेशिता लगायतका विषयमा असन्तुष्टि जनाउदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी