काठमाडौं, १ असोज ।
संविधानसभाका सदस्यहरुले नेपालको संविधान २०७२ मा आज हस्ताक्षर गर्ने भएका छन । हिजो बेलुकी संविधानसभाबाट पारित ३ सय ८ धारा समेटिएको संविधानमा सभासदहरुले आज विहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म हस्ताक्षर गर्नेछन ।
हिजो डा बाबुराम भट्टराई नेतृत्वको आनुसांगीक उपसमितिले प्रतिबेदन तयार गरि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएको थियो । समतिले बुझाएको संविधानमा आज सबै सभासदहरुले हस्ताक्षर गर्ने कार्यसुचि रहेको संविधानसभा सचिवालयले जनाएको छ ।
भट्टराई नेतृत्वको आनुसांगीक उपसमितिले ४९ वटा बुँदा समेटेर भाषा तथा केहि धारालाई तलमाथि गरेर अन्तिम रुप दिएको हो ।
नया संविधान बहुमतले पारित गरेसंगै आवश्यक आनुसांगीक सुधार गर्दै अन्तिम रुप दिन बुधबार संविधानसभाले डा भट्टराइको नेतृत्वमा संविधान मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौला, एमाले प्रमुख सचेतक अग्नि खरेल, एमाओवादी प्रमुख सचेतक गिरीराजमणी पोखरेल र राप्रपा नेपालकी कुन्ती शाही सम्मेलीत ५ सदस्सीय समिति गठन गरेको थियो ।
पछिल्लो समय प्रमुख ३ दलका तर्फबाट संशोधनमार्फत अघि बढाइएका विभिन्न आयोग गठन गर्ने विषय र संवैधानीक इजलास रहने लगाएतका विषयलाई मिलाइएको समितिकाका एक सदस्यले जानकारी दिए ।
नेपालको संविधनको पाँच प्रतिमा सभासदहरुले हस्ताक्षर गरेपछि सभाअध्यक्ष नेम्वाङले त्यसको प्रमाणीकरण गर्नुहुनेछ ।
आगामी असोज ३ गते राष्ट्रपति डा रामबरण यादवले एक विशेष समारोहकाबीच संविधानसभाबाट निर्मीत संविधान जारी भएको व्यहोरामा हस्ताक्षर गरि घोषणा गरेपछि नयाँ संविधान लागु हुने छ ।