प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोक दरवार कालभैरब अगाडी ठदयाइने ३२ हातको लिङ्गो इन्द्रध्वज मानन्धर संघका प्रतिनिधि गुठि बाट काभ्रे नाला जंगल बाट गत २९ गते विधिवत रुपमा ढाली सोहि स्थान बाट तानेर साँगा हुदै आज भोटाहिटी पुर्याइएको छ ।
यो लिङ्गो ४ गते बिहान ७;४५ को शुभ साइतमा पुन्ह भोटाहिटी बाट हनुमान ढोका तानेर विधिवत ठड्याए पछि आश्विनकृष्ण चतुर्दशी सम्म राजधानीमा इन्द्र जात्रा पर्व मनाइने परम्परा छ ।
लिच्छवीकालिन अभिलेखमा इन्द्रजात्रामा मल्लकालसम्म चिकं मुगल स्थित अद्कोनारायन आगाडी इन्द्र ध्वोजा उठाएपछि सुरुहुने परम्परा लाई राजा प्रताप सिंह शाहले ने स ८९४ मा तिव्वतलाइ हराएको खुसियालीमा हनुमान ढोका आगाडी यो लिङ्गोलाई ठद्याइन थालेको इतिहास रही आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline