माईतीघरमा तीन दलका युवाको सयुक्त दिपावली

माईतीघरमा तीन दलका युवाको सयुक्त दिपावली

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, ३१ भदौ । ठूला राजनीतिक दल निकट युवा सङ्गठनले संविधानसभाबाट संविधान निर्माणको कार्य पूरा भएकामा आज साँझ माइतीघर मण्डलमा दीपावली गरेका छन् ।

नेपाल तरुण दल, युवा सङ्घ नेपाल र वाइसीएल नेपालमा आबद्ध युवाले संयुक्त रुपमा सहभागी भएर मण्डलमा नेपालको चित्र बनाई ‘नेपालको संविधान २०७२ को स्वागतम्’ भनी लेखेर त्यस वरपर दीप प्रज्वलन गरेका थिए ।

कार्यक्रममा तरुण दलका कावा अध्यक्ष राधा घलेले लामो समयको प्रतीक्षापछि संविधानसभाबाट संविधान जारी हुन लागेकामा खुसी व्यक्त गर्दै नयाँ संविधान आएपछि मुलुकमा शान्ति, स्थायित्व र समृद्धि कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

युवा सङ्घका कावा अध्यक्ष सूर्य ढकालले केही राजनीतिक दलले असन्तुष्ट भई तराईका विभिन्न स्थानमा गरेको आन्दोलनले देश तथा जनतालाई हित नहुने हुँदा आन्दोलन फिर्ता लिन आग्रह गर्नुभयो ।

वाइसिएलका कावा अध्यक्ष आरसी शर्माले विभिन्न दलका बीच मुलुकमा देखापरेका विवाद तथा असहमतिलाई लोकतान्त्रिक मूल्यमान्यताले मात्र समाधान गर्न सक्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ