सभासद सञ्जय शाह दोषी ठहर

सभासद सञ्जय शाह दोषी ठहर

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, ३१ भदौ । सर्वोच्च अदालतले सद्भावना पार्टीका उपाध्यक्ष सञ्जय साहलाई अवैध हातहतियार मुद्दामा दोठी ठहर गर्दै एक वर्ष नौ महिना कैद सजाय र रु पाँच हजार जरिवाना गर्ने फैसला सुनाएको छ ।

यसअघि जनकपुर हत्याकाण्डमा पुर्पक्षका लागि थुनामा रहेका साहलाई अर्को अभियोगमा अदालतले घटना भएको १२ वर्षपछि दोषी ठहर गरेको हो । विसं २०६८ देखि अदालतमा विचाराधीन दुई मुद्दामा आज न्यायाधीश वैद्यनाथ उपाध्याय, देवेन्द्रगोपाल श्रेष्ठ र चोलेन्द्रशम्शेरको पूर्ण इजलासले पुनरावेदन अदालत जनकपुरको फैसला सदर गर्दै साहलाई दोषी ठहर गरेको अदालतका प्रवक्ता नहकुल सुवेदीले बताउनुभयो ।

उनलाई २०६० जेठ ३ गते धनुषाको सखुवा महेन्द्रनगर गाविसको बजारमा हतियारसहित पक्राउ गरी प्रहरीले मुद्दा लगाएको थियो । सो फैसलापछि साहले जनकपुर हत्याकाण्डबाहेक थप अभियोगमा जेल सजाय भोग्नुपर्ने भएको छ ।
यसअघि साहले जनकपुर बमकाण्डमा आफू संलग्न नरहेको भनी रिहा हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुद्दा खारेज भएको थियो । साहकै योजना र निर्देशनमा २०६८ वैशाख १८ गते जनकपुरमा बम विस्फोट गराएको जिकिर गर्दै उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो । अलग्गै मिथिला राज्यको माग गर्दै धर्नामा रहेका व्यक्तिलाई लक्ष्य गर्दै भएको बम विस्फोटनमा परी पाँच जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । उक्त मुद्दा धनुषा जिल्ला अदालतमा विचाराधीन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ