नवयुगको ह्याट्रिकमा आर्मीको जित

नवयुगको ह्याट्रिकमा आर्मीको जित

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ, ३१ भदौ । राजधानीमा जारी राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल आर्मी क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भएको सो प्रतियोगितामा आर्मीले विभागीय टोली नेपाल प्रहरी क्लबलाई ३–० गोलको अन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै आर्मीले जारी प्रतियोगितामा १४ अङ्क जोडेको छ ।

आर्मीको जितमा नवयुग श्रेष्ठ नायक बने । उनले खेलको पहिलो हाफमा एक गोल गरे भने दोस्रो हाफमा दुई गोल थप्दै ह्याट्रिक पुरा गरे । खेल सुरुवाती १५ औँ मिनेटमा श्रेष्ठले पहिलो गोल गर्दै खाता खोलेका थिए । त्यस्तै खेलको ६५ औँ र दोस्रो हाफको अत्तिरिक्त समय (९० प्लस ४ मिनेट)मा पुन एक गोल थप्दै आफनो टिमको जित सुनिश्चित गरे ।

खेल अवधिभर गोल फर्काउन निकै प्रयासरत रहेको नेपाल प्रहरी अन्तत हार बेहोर्न बाध्य बन्यो । यस खेलसँगै प्रहरीको सात अङ्क रहेको छ ।

प्रतियोगितामा मोफसलका चार र ’ए’ डिभिजनका विभागीय तीन क्लबसहित पाँच क्लब गरी नौ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । मोफसलबाट झापा फुटबल क्लब, सुदूरपश्चिमाञ्चल क्लब, मोरङ फुटबल क्लब र लुम्बिनी फुटबल क्लब सहभागी छन् ।

त्यस्तै राजधानीबाट थ्रीस्टार क्लब, मनाङमस्र्याङ्दी क्लब, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल (एपिएफ) र नेपाल आर्मी क्लब सहभागी छन् ।

सोही स्थानमा भोलि दिउँसो ३ः३० बजे मनाङ मस्र्याङ्दी क्लब र थ्रीस्टार क्लब आमने सामने हुनेछन् । जारी प्रतियोगितामा मनाङ मस्र्याङ्दीको १२ अङ्क छ भने थ्रीस्टारको १४ अङ्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी