असोज ३ गतेलाई कालो दिनका रुपमा मधेसी मोर्चाको निर्णय

असोज ३ गतेलाई कालो दिनका रुपमा मधेसी मोर्चाको निर्णय

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौँ, ३१ भदौ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान घोषणा भएको दिन असोज ३ गतेलाई कालो दिनका रुपमा मनाउने निर्णय गरेको छ ।

आज बसेको मोर्चाको संयुक्त बैठकले थप आन्दोलनका कार्यक्रम सार्बजनिक गर्दै प्रमुख राजनीतिक दलसँग छलफल गर्न वार्ताको ढोका खुल्ला राख्ने निर्णय गरेको हो ।

मोर्चाले असोज ३ गते कालो झण्डा गाड्ने ,बेलुका ७ बजेदेखी ८ बजेसम्म ब्ल्याक आउट गर्ने निर्णय गरेको छ ।
असोज ४ गते जिल्ला सदुरमुकानमा संबिधान जलाउने निर्णय गरेको बैठकपछि जारी गरीएको बिज्ञप्तीमा उल्लेख गरीएको छ । मोर्चामा आबद्ध चार मधेस केन्द्रित राजनीतिक दलले विज्ञप्ति जारी गर्दै सरकार भने वार्ताद्वारा समस्याको समाधान खोज्न गम्भीर नभएको आरोप लगाएका छन ।

उनीहरुले जारी आन्दोलनलाई निरन्तरता दिने उल्लेख गरेका छन । संघीय प्रदेशसहितका विषयवस्तुसँग जोडिएर भएको अहिंसात्मक एवम् शान्तिपूर्ण आन्दोलनमा सहभागी भइरहेका जनतालाई दबाउन खोजिएको भन्दै मोर्चाले आपत्ति जनाएको छ । आन्दोलनका क्रममा मारिएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि र शोक व्यक्त गर्दै मोर्चाले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी