भूकम्पपीडित सैनिकलाई साढे तीन करोड राहत रकम वितरण

भूकम्पपीडित सैनिकलाई साढे तीन करोड राहत रकम वितरण

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ,३१ भदौ ।

गत बैशाख १२ गतेको बिनासकारी भूकम्पबाट तनहुँमा पूर्ण र आंशिक रुपमा घर क्षति भई पीडित बनेका एक हजार ६ जना नेपाली सैनिकलाई तीन करोड ५४ लाख पाँच हजार रुपैयाँ राहत रकम वितरण गरिएको छ ।

व्यास–८ चापाघाटस्थित रामवाण गुल्मले भूतपूर्व र बहालवाला नेपाली सेनाका ती व्यक्तिलाई उक्त रकम राहत वितरण गरेको हो । पूर्ण रुपमा घर क्षतिग्रस्त भएका चार सय १२ र आंशिक रुपमा क्षति भएका पाँच सय ९४ जना सैनिकलाई उक्त राहत रकम वितरण गरिएको गुल्मपति सेनानी दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।

सैनिक कल्याणकारी कोषबाट प्राप्त भएको राहत रकम भूकम्प पीडित सैनिकलाई वितरण गरिएको हो । पहिलो चरणमा उनीहरुलाई चार करोड पाँच लाख २५ हजार रुपैयाँ वितरण गरिने गुल्मपति थापाले बताउनुभयोे । भूकम्प पीडित ती सैनिकलाई एनआइसी बैंकको चेक दिने गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी