३३ दलीय मोर्चाले संविधानको समर्थन गर्ने

३३ दलीय मोर्चाले संविधानको समर्थन गर्ने

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, ३१ भदौ ।

प्रधानमन्त्री सुशील कोइरालासँग ३३ दलीय मोर्चाका संयोजक एवम् राष्ट्रिय एकता मञ्चका अध्यक्ष शोभाराम थापाको नेतृत्वमा आएको एक वार्ता टोलीले आज भेटवार्ता गरेको छ ।

वार्ता ३३ दलीय मोर्चाले राख्दै आएका माग, संविधानसभाबाट निर्मित नयाँ संविधान र मुलुकका समसामयिक राजनीतिक विषयमा केन्द्रित भएको थियो ।

वार्तामा प्रधानमन्त्री कोइरालाले संविधानसभामा प्रतिनिधित्व नभएका दललाई पनि संविधान निर्माणको प्रक्रियामा सहभागी गराउन आफूले अत्यधिक प्रयास गरेको उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान अभ्यासको क्रममा परिस्कृत र संशोधन हुने भएकाले अहिले नसमेटिएका विषय संशोधनमा समेटिन सक्ने सम्भावना आँैल्याउँदै देशमा शान्ति र राजनीतिक स्थायित्व आवश्यक भएकाले सोका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

यसैबीच, ३३ दलीय मोर्चाका संयोजक एवम् राष्ट्र्र्िय एकता मञ्चका अध्यक्ष शोभाराम थापाले वार्तापछि सञ्चारकर्मीसँग कुरागर्दै प्रधानमन्त्री कोइरालाले संविधानसभाबाट हिजो पारित भएको संविधानमा समर्थन जनाउन गरेको आग्रहलाई मोर्चाले समर्थन गरेको बताउनुभयो ।

राष्टिय राजनीतिक सभा गरिनुपर्ने आफ्नो माग पुरा नभएपनि विमतिका विषयलाई शान्तिपूर्ण आन्दोलन मार्फत सम्बोधन गराउन पहल गरिने पनि उहाँले उल्लेख गर्नुभयो । तेत्तीस दलीय मोर्चाले शोभाराम थापाको संयोजकत्वमा शङ्कर थापा, डा वीरेन्द्रबहादुर कार्की, विक्रम कुँवर, डिबी थापा, हुकमबहादुर लामा, भोजराज गौतम, प्रकाश अधिकारी, शान्तुराम भट्टराई, रामनारायण यादव र गोपी सुनार सम्मिलित वार्ता टोली गठन गरेको थिया

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी