जाजरकोटका दुई हजारभन्दा बढी बालबालिका जोखिममा

जाजरकोटका दुई हजारभन्दा बढी बालबालिका जोखिममा

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

जाजरकोट, ३१ भदौ ।

जाजरकोटका दुई हजारभन्दा बढी बालबालिका अति जोखिममा रहेको पाइएको छ । जिल्ला बालकल्याण समिति जाजरकोटले तयार पारेको एक प्रतिवेदनका अनुसार जिल्लाका दुई हजार ३०९ बालबालिका अति जोखिममा रहेको पाइएका हुन् ।

विभिन्न अपराध, श्रम तथा घटनामा परी उनीहरु जीवन निर्वाहको उच्च जोखिममा परेको बताइएको छ । बालकल्याण समितिले तयार पारेको खोजमूलक प्रतिवेदनका अनुसार यस वर्षको भदौसम्म बुबा या आमा गुमाएका ४१४ जना, हराएका २० जना, बोर्डिङ स्कुलमा चरम शारीरिक यातना पाएका दुई, यौन दुव्र्यवहार पाएका दुई, निकृष्ट बालश्रममा लागेका ८८४, बुबा आमाले छोडेका तीन, बाबु आमा दुवै नभएका ५१, बालविवाह गरेर समस्यामा परेका १६, आत्महत्या गरेका चार, मजदुरी गरेर जीवन चलाइरहेका ५०, छाउपडी प्रथाबाट पीडित ३१ जना, यार्सा गुम्बाको व्यापारमा प्रयोग भएका ८७५ बालबालिका जीवन निर्वाह एवम् सुरक्षाको जोखिममा रहेका छन ।

विभिन्न कारणले जोखिममा परेकामध्ये ५३ जना बालबालिका मुलुकका विभिन्न बालगृहमा रहेको बताइएको छ । महिला तथा बालबालिका कार्यालय जाजरकोटका बालकल्याण अधिकृत डम्बरबहादुर रोकायका अनुसार ५३ जनामध्ये ४४ जना बालबालिका अवैधरुपमा बालगृहमा रहेको र नौ जनामात्र जिल्ला बालकल्याण समितिको सिफारिसमा रहेको बताउनुभयो ।

सन् २०१२ को सिएनएन हिरो पुष्पा बस्नेतले सञ्चालन गरेको प्रारम्भिक बालबिकास केन्द्र काठमाडौँमा छ जना, एसओएस बालग्राम सुर्खेतमा एक जना र ममता स्याहार केन्द्र काठमाडौँमा दुई जना बालबालिका कानुनी प्रक्रिया पूरा गरेर राखिएका छन । गरिबी, परम्परा, आमाबाबुको मृत्यु र अपराधका कारण बालबालिका उच्च जोखिममा परेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो ।

उहाँले अभिभावकको कमजोर आर्थिक अवस्था, घरेलु हिंसा, जिल्लामा कुल जनसङ्ख्या एक लाख ७१ हजारमध्ये ९० हजारभन्दा बढी बालबालिका रहेका छन् । तीमध्ये २० प्रतिशतभन्दा बढीले विद्यालयको मुहार देख्नै नपाएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताउनुभयो ।

बालबालिकाको क्षेत्रमा काम गर्ने निकाय र संस्थाले विद्यालयमा पढ्नेका लागि मात्र ध्यान दिने गरेको र विभिन्न कारणले आधारभूत सुरक्षासमेत पाउन नसकेका बालबालिकाका बारेमा कसैले सोच्न नसकेको जिल्ला बाल क्लब सञ्जाल जाजरकोटका सदस्य सुचित्र सागर श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ