खोटाङको दिक्तेलमा खानेपानीको समस्या जटिल बन्दै

खोटाङको दिक्तेलमा खानेपानीको समस्या जटिल बन्दै

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,३१ भदौ ।

खोटाङको दिक्तेल नगरपालिकामा खानेपानीको समस्या झनै जटिल बन्दै गएको छ । पर्याप्त मुहान नहुनु, समय–समयमा मुहान सरसफाइमा ध्यान नदिनु र उचित व्यवस्थापन नहुदा समस्या जटिल बन्दै गएको हो ।

कहिले धारामा पानी नै नआउने त आइहाले पनि फोहर तथा दूषित पानी आउने गरेको उपभोक्ताको भनाइ छ । बढ्दो सहरीकरण तथा जनसंख्याको चापले दिक्तेल नगरपालिकाको लागि खानेपानी व्यवस्थापनमा चुनौती थपिएको हो ।

नगरपालिकामा खानेपानीको व्यवस्थापन गर्ने जिम्मा पाएको उपभोक्ता समितिले उपभोक्ताबाट उल्टै चर्को शुल्क लिने गरेको गुनासो पनि आउने गरेको छ । निक्कै महत्वकासाथ हेरिएको खानेपानी योजना ‘दिक्तेल बजार सुधार विस्तार खानेपानी योजना’ हाल अलपत्र अवस्थामा छ ।

पटकपटकको मुहान विवादका कारण योजना सम्पन्न गर्न नसकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष जयप्रसाद आचार्यले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी