संविधानमा आनुसांगीक सुधारका लागि गठित समितिको बैठक जारी

संविधानमा आनुसांगीक सुधारका लागि गठित समितिको बैठक जारी

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, ३१ भदौ ।

संविधानसभाबाट अत्याधिक बहुमतले पारित नँया संविधानमा आनुसांगीक सुधारका लागि गठित समितिको बैठक अहिले बसीरहेको छ । समितिले संविधानसभाबाट स्विकृत भएका संशोधनहरु समेटेर नयाँ संविधानका धारा , उपधारा मिलाउनुका साथै भाषगत त्रुटिहरु मिलाउदै संविधानलाई अन्तिम रुप दिनेछ ।

संवैधानीक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई नेतृत्वको समितिले नया संविधानमा आवश्यक आनुसांगीक सुधार गरि आजै अपरान्न सभाअध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाउने छ ।

नया संविधान बहुमतले पारित गरेसंगै आवश्यक आनुसांगीक सुधार गर्दै अन्तिम रुप दिन हिजो संविधानसभाले डा भट्टराइको नेतृत्वमा संविधान मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौला, एमाले प्रमुख सचेतक अग्नि खरेल, एमाओवादी प्रमुख सचेतक गिरीराजमणी पोखरेल र राप्रपा नेपालकी कुन्ती शाही सम्मेलीत ५ सदस्सीय समिति गठन गरेको थियो ।

आनुसांगीक सुधारपछिको नया संविधानमा सभासदहरुको हस्क्षरका लागि भोली विहान ९ देखि ३ बजेसम्मको समय तोकिएको सभाअध्यक्ष नेम्वाङले बताउनुभयो । नेपालको संविधनको पाँच प्रतिमा सभासदहरुले हस्ताक्षर गरेपछि सभाअध्यक्ष नेम्वाङले त्यसको प्रमाणीकरण गर्नुहुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी