काठमााडौं, ३१ भदौ ।
प्रधानमन्त्री सुशिल कोइरालाले बोलाउनु भएको बार्तामा सहभागी हुन थरुहट संयुक्त संघर्ष समितिले अस्विकार गरेको छ । सरकारले वार्ताका लागि वातावरण नबनाएको भन्दै थारुवान संयुक्त संर्घष समितिले वार्ता अस्विकार गरेको हो ।
थरुहट राज्यको माग गर्दै लामो समयदेखि बन्द, हडतालमा उत्रिएको संघर्ष समितिसंग वार्ता गर्न भन्दै प्रधानमन्त्रीले आज विहान ९ बजे बालुवाटारमा वार्ताका लागि बोलाउनु भएको थियोे । वार्ताका लागि सरकारका तर्फबाट तत्परता नदेखिएकाले वार्तामा नजाने निर्णय गरेको थारुवान संर्घष समितिको वार्ता टोली सदस्य राजकुमार लेखिले जानकारी दिनुभयो
यसअघि अघि सारिएका ७ बुदे माग पुरा गरेर वार्ताको वातावरण बनाए मात्र वार्तामा जाने लेखीको अडान छ । थारु नेताहरुले आफुहरुको माग प्रधानमन्त्रीको तहबाट मात्र पुरा नहुने भएकाले अबको वार्ता प्रमुख दलका शिर्ष नेताहरुसंग मात्र हुने अडान राखेका छन ।