एसएलसी पुरक परीक्षाको परीक्षाफल सार्वजनिक , ६६.९३ प्रतिशत परीक्षार्थी उतीर्ण

एसएलसी पुरक परीक्षाको परीक्षाफल सार्वजनिक , ६६.९३ प्रतिशत परीक्षार्थी उतीर्ण

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, ३१ भदौ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पूरक (मौका) परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ ।

परीक्षामा कूल ८३ हजार ७८ जना अर्थात ६६.९३ प्रतिशत परीक्षार्थी उतीर्ण भएका छन ।
छात्रतर्फ ३८ हजार ३९९ जना र छात्रातर्फ ४४ हजार ६७९ जना परीक्षार्थी उतीर्ण भएका परीक्षा नियन्त्रक विष्णुबहादुर द्धारेले जानकारी दिनुभयो ।

कुल एक लाख २४ हजार २ सय ५१ परीक्षार्थी सहभागी परीक्षामा एक विषय मात्रै परीक्षा दिने ५५ हजार ४ सय ७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७ सय ७७ जना छन् ।

परीक्षा नियन्त्रण कार्यालयले २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाको रुपमा गएको साउन २० गतेदेखि एसएलसी पूरक परीक्षा संचालन गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी