काठमाडौं, ३१ भदौ ।
रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा आज दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल ललितपुर सातदोवाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुनेछ । जारी लिगमा आफ्नो स्वाभाविक लय भेटाउन नसकेका यी दुई शीर्ष क्लबबीचको भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ ।
यसअघि हिजो भएको खेलमा, सुदूरपश्चिमाञ्चल फुटबल क्लव कैलालीले दोस्रो जित हासिल गरेको छ । जितसँगै सुदूरपश्चिमाञ्चल ९ खेलबाट १० अंकसहित छैटौं स्थानमा उक्लिएको छ । लुम्बिनी भने ९ खेलबाट ४ अंकका साथ तालिकाको पुछारमा छ ।
हिजै भएको अर्को खेलमा मोरङ फुटबल टिमले शीर्ष स्थानको झापा ११ सँग गोलरहित बराबरी खेलेको छ । यो बराबरीसँगै झापा ९ खेलबाट १७ अंकका साथ शीर्ष स्थानमा कायमै रहँदा मोरङ ८ खेलबाट ४ अंकका साथ आठौं स्थानमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline