संविधानमा आनुसांगीक सुधारका लागि गठित समितिको बैठक बस्दै

संविधानमा आनुसांगीक सुधारका लागि गठित समितिको बैठक बस्दै

  • बिहिबार, भदौ ३१, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, ३१ भदौ ।

संविधानसभाबाट अत्याधिक बहुमतले पारित नँया संविधानमा आनुसांगीक सुधारका लागि गठित समितिको बैठक आज बस्दै छ ।

समितिले संविधानसभाबाट स्विकृत भएका संशोधनहरु समेटेर नयाँ संविधानका धारा , उपधारा मिलाउनुका साथै भाषगत त्रुटिहरु मिलाउदै संविधानलाई अन्तिम रुप दिनेछ ।

संवैधानीक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराई नेतृत्वको समितिले नया संविधानमा आवश्यक आनुसांगीक सुधार गरि आजै सभाअध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाउने छ ।

नया संविधान बहुमतले पारित गरेसंगै आवश्यक आनुसांगीक सुधार गर्दै अन्तिम रुप दिन हिजो संविधानसभाले डा भट्टराइको नेतृत्वमा संविधान मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौला, एमाले प्रमुख सचेतक अग्नि खरेल, एमाओवादी प्रमुख सचेतक गिरीराजमणी पोखरेल र राप्रपा नेपालकी कुन्ती शाही सम्मेलीत ५ सदस्सीय समिति गठन गरेको थियो ।

विहान ११ बजे बस्ने समितिको बैठकले अपराह्न ३ बजेसम्म सबै काम सकेर परिमार्जित संविधानको प्रति सभाध्यक्षलाइ बुझाउने एक नेताले बताए ।

सभासदहरुका आफ्ना केहि सुझाव भए विहान ११ बजेसम्म समितिलाई बुझाउन सक्नेछन । आनुसांगीक सुधारपछिको नया संविधानमा सभासदहरुको हस्क्षरका लागि भोली विहान ९ देखि ३ बजेसम्मको समय तोकिएको सभाअध्यक्ष नेम्वाङले बताउनुभयो ।

नेपालको संविधनको पाँच प्रतिमा सभासदहरुले हस्ताक्षर गरेपछि सभाअध्यक्ष नेम्वाङले त्यसको प्रमाणीकरण गर्नुहुनेछ ।

आगामी असोज ३ गते राष्ट्रपति डा रामबरण यादवले एक विशेष समारोहकाबीच संविधानसभाबाट निर्मीत संविधान जारी भएको व्यहोरामा हस्ताक्षर गरि घोषणा गरेपछि नयाँ संविधान लागु हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ