काठमााडौं, ३१ भदौ ।
प्रधानमन्त्री सुशील कोइराला र थरुहट संघर्ष समितिबीच आज वार्ता हुदैछ । आज बिहान ९ बजे बालुवाटारमा दुई पक्षबीच वार्ता हुन लागेको हो ।
वार्ताका लागि थरुहट संघर्ष समिति तयार भएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक रामजनम चौधरीले बताउनुभयोे ।
यसअघि प्रधानमन्त्री कोइराला र थरुहट संघर्ष समितिका वार्ता टोलीबीच आइतबार बालुवाटारमै वार्ता भएपनि कुने ठोस निर्णय हुन सकेको थिएन ।
थरुहट राज्यको माग गर्दै आएको संघर्ष समितिले लामो समयदेखि बन्द, हडताल लगाएतका कार्यक्रमहरु गर्दै आएको छ ।
यता संविधान असोज ३ गते जारी गर्ने निश्चित भइसकेको अवस्थामा दुई पक्षबीच हुने वार्तालाई चासोका साथ हेरिदैं छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline