काठमाण्डौ, ३० भदौ ।
नेपालले सोह्र वर्ष मुनिको एफसी च्याम्पियनसिप फुटबलको छनौट चरणमा विजयी सुरुवात गरेको छ । किर्गिस्तानमा भएको आफ्नो पहिलो खेलमा नेपालले जोर्डनलाई २–१ ले हरायो ।
नेपालका लागि रेजिन सुब्बा एक्लैले २ गोल गरे । उनले २९ औं र ७० औं मिनेटमा गोल गरेका हुन् । दोश्रो हाफको इन्जुरी समयमा जोर्डनले एक गोल फर्काए ।
नेपालले समूहको दोस्रो खेलमा असोज १ गते आयोजक किर्गिस्तान र अन्तिम खेलमा असोज ३ गते ओमानसँग खेल्नेछ । नेपाली टिमका प्रशिक्षक उपेन्द्रमान सिहँले नेपाल उच्च मनोबलका साथ खेल मैदान उत्रिएकाले नेपाली टिम सफल भएको र आगामि दिनमा समेत नेपालले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् ।
उता जोर्डनी टिमका प्रशिक्षक अब्दुल्लाह कोताती भने नेपाल बिरद्धको हार आफुले बिश्वास गर्न नसकेको परिणाम भएको भन्दै नेपालको टिम तिब्र देखिएको प्रतिकृया दिएका छन् ।