असोज ३ र ४ गते सार्वजनिक बिदा

असोज ३ र ४ गते सार्वजनिक बिदा

  • बुधबार, भदौ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ, ३० भदौ ।

सरकारले संविधानसभाबाट नयाँ संविधान जारी हुने ऐतिहासिक अवसरलाई भव्य राष्ट्रिय उत्सवका रूपमा मनाउन दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

संविधानसभाबाट पारित ’नेपालको संविधान ( २०७२ ’ संविधानसभा सचिवालय परिसरमा असोज ३ मा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामवरण यादवले जारी गर्नु हुनेछ ।

नयाँ संविधान जारी भएको खुसियालीमा देशभर दीपावलीसहित उत्सव मनाउन असोज ३ र ४ गते सार्वजनिक बिदा दिन लागिएको जानकारी गृह मन्त्रालयका एक अधिकारीले दिनुभयो ।

स्रोतका अनुसार संविधान सचिवालयले गृह मन्त्रालयलाई संविधान जारी हुने दिन र भोलिपल्ट गरी दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले असोज ३ र ४ मा सार्वजनिक बिदा दिने निर्णय गर्ने स्रोतले उल्लेख गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी