एमाओवादी नेता खनालको निधन

एमाओवादी नेता खनालको निधन

  • बुधबार, भदौ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, ३० भदौ । एकीकृत नेकपा (माओवादी)का पूर्व केन्द्रीय समिति सदस्य एवम् पार्टीको अन्तर्राष्ट्रिय विभाग सदस्य मुक्ति खनालको मङ्गलबार राति श्वासप्रश्वाससम्बन्धी रोगको उपचारको क्रममा ७० वर्षको उमेरमा निधन भएको छ ।

एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज राखिएको खनालको पार्थिव शरीरमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाउनुभएको थियो ।

श्रद्धाञ्जली दिन एमाओवादीका नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, एमाओवादी कार्यकर्ता, उहाँका आफन्त पार्टी कार्यालयमा पुगेका थिए ।

विसं २००३ भदौ २७ गते बुवा देवीप्रसाद खनाल र आमा टीकादेवी खनालको कोखबाट तनहुँको चुँदीमा उहाँको जन्म भएको थियो । उहाँको श्रीमती, एक छोरा र तीन छोरी हुनुहुन्छ ।

वि.स. २०१६ देखि विद्यार्थी राजनीति सुरु गर्नुभएका खनाल पार्टी काम र शिक्षक सङ्गठनको कामका सिलसिलामा चार पटक जेल र ५० औँ पटक प्रहरी हिरासतमा रहनुभएको थियो ।

यसैबीच, एमाओवादी अध्यक्ष दाहालले आज शोक वक्तव्य जारी गर्दै खनालको निधनको खबरले पार्टीका नेता तथा कार्यकर्ताहरु एवम् जनसमुदाय स्तब्ध भएको जनाउँदै पार्टीको तर्फबाट उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना गर्नुभएको छ ।

खनालको निधनले पार्टीले ठूलो क्षतिको महसुस गरेको जनाउँदै शोकलाई शक्तिमा बदल्दै आफ्नो पार्टी उहाँको सपना साकार पार्न अविचलित रुपमा अगाडि बढ्ने दाहालले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ