क्षयरोग विरुद्धको लडाईं

क्षयरोग विरुद्धको लडाईं

  • बुधबार, भदौ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

क्षयरोग विश्वकै सबैभन्दा डरलाग्दो रोग मध्येको एक हो । सन् २०१३ मा मात्र यो रोगबाट १५ लाख मानिसको ज्यान गएको छ । यसमध्ये पाँचमा एकजना त युवा नै छन् । विश्वका कतिपय कम आय भएका देशहरूमध्येका युवाहरू यसको शिकार भएका छन् । हुनत क्षयरोगबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या यसअघि अनुमान गरेभन्दा पनि धेरै मात्रामा घट्दैछ तर यो सङ्ख्या पर्याप्त छैन । यो घट्ने दर अत्यन्तै मन्द गतिमा मात्र छ ।
संसारमा क्षयरोग निवारणका प्रयासहरूमा थोरैमात्र अवसर देखिन्छ । यसरी हेर्दा रोग नियन्त्रणको अवसर प्रतिदिन साँघुरिएको महसुस पनि हँुदैछ । यसका लागि रोग पहिचानको प्रक्रिया र यसको निदान पछिको तत्कालीन उपचार विधिलाई जतिसक्दो चाँडै विस्तार गनुपर्ने देखिन्छ ।
यसका साथै राम्रो औषधि उपचार, नयाँ एवम् प्रभावकारी खोपको व्यवस्था तथा उपचार विधिका सामग्रीहरू अत्याधुनिक र प्रभावकारी चाहिन्छन् र जुन केही मात्रामा उपलब्ध पनि छन् । तर पनि यी विधि र स्रोतको आपूर्ति त्यति सजिलो काम भने होइन ।
तर एउटा राम्रो समाचार के पनि छ भने अन्तर्राष्ट्रिय समुदाय भने यस क्षेत्रमा काम गर्न अत्यन्तै इच्छुक छन् । सन् २०१४ को मे महिनामा सम्पन्न विश्व स्वास्थ्य सङ्गठनको महासभाले सन् २०३५ सम्ममा विश्वबाट क्षयरोग निवारणको लक्ष्य अघि सारेको हो र त्यसका लागि उक्त सङ्गठनले सन् २०१५ पछिको विश्व क्षयरोग रणनीति कार्यक्रम तय गरिसकेको छ ।
त्यसैगरी यही सेप्टेम्बर महिनामा अङ्गिकार गरिने दिगो विकाससम्बन्धी लक्ष्यले भने यो भन्दा पाँचवर्ष अगाडि नै विश्वबाट क्षयरोग निवारणको लक्ष्य लिनेछ । उक्त दिगो विकाससम्बन्धी लक्ष्यका लागि संयुक्त राष्ट्रसङ्घका १९३ सदस्य राष्ट्रकै सम्लग्नता र सहमति रहेको छ ।
क्षयरोगको औषधि लिनसक्ने बिरामीको क्षमता र यसको विस्तारका लागि विश्वमा नै मुख्य दुईवटा प्रयास थाल्नु जरुरी छ । ती हुन्ः औषधिले निको हुनसक्ने खालका क्षयरोगहरूको प्रारम्भिक अनुसन्धान गरी पत्ता लगाई आवश्यक उपचार थाल्नु र औषधिले काम गर्ने र नगर्नेकै लागि पनि नयाँ नयाँ उपचारका विधिहरू अपनाउनु । तर समस्या के हो भने क्षयरोगको किटाणु पत्ता लगाउने औजार, उपचार विधि, नियन्त्रणका उपायको अवलम्बनका लागि आवश्यक अवस्थाको सीमितता धेरै नै छ ।
उपचारको भर्खरै सुरुवात गरेकाहरूका लागि वास्तवमा क्षयरोगका किटाणु नै पत्ता लगाउने उपकरणकै खाँचो छ । विश्वका प्रायः सबैजसो कम आय भएका देशहरूका लागि त रोगको पहिचानका लागि ‘स्पुटम माइक्रोस्कोपी’ मात्र उपलब्ध छ भन्दा पनि हुन्छ । त्यस्तै अन्य धेरै नै पुराना औजार छन् तिनले किटाणु पत्ता लगाउनै सक्दैनन् । यस्ता औजारहरूले ‘एचआइभी÷एड्सले समेत सङ्क्रमित क्षयरोगी युवा तथा बालबालिकामा सङ्क्रमित क्षयरोगका किटाणु बालबालिकाको रोगको पहिचान नै यस्तै प्रविधिबाट गर्ने गरिएको छ ।
झन बहुऔषधि प्रतिरोधी क्षयरोगीका लागि त हाल उपलब्ध उपचार पद्दतिबाट आधामात्र सफलता मिल्नसक्छ । त्यसका लागि पनि अवस्था एकदमै राम्रो हुनुपर्दछ । यस्तो उपचार पद्दति एकदमै जटिल हुन्छ र कम्तीमा पनि दुईवर्ष लाग्ने हुन्छ । बिरामीलाई कम्तीमा पनि १४ हजार ६०० वटा औषधिका चक्की तथा सयौँ खोप दिनुपर्छ । फेरि यसको नकारात्मक असर (साइड इफेक्ट) नै धेरै हुन्छ ।
नयाँ उपचार विधिसहितको प्रभावकारी संयन्त्रको अत्यन्तै ठूलो आवश्यकता छ र यो बहुऔषधि प्रतिरोधी क्षयरोगीलाई मात्र नभएर औषधिले मात्र निको हुने बिरामीकै उपचार विधि घटाउनका लागि पनि आवश्यक छ । एउटा नयाँ र प्रतिबद्धता गरिएको समाचार के छ भने बेडक्विलिन एक नयाँ औषधि बनेको छ । ४० वर्षयताकै र यसलाई संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि विभागले स्वीकृत पनि गरेको छ । यो औषधिले आफ्नो क्षमता भने प्रमाणित गर्न बाँकी नै छ । यदि यसले आफ्नो औषधीय क्षमता र प्रभावकारिता प्रमाणित गर्न सक्यो भने यसको उपभोगका लागि अरु केही उम्मेदवारहरू पालो पर्खिएर बसेका छन् ।

रोकथामका लागि पनि यस्तै समस्या उब्जिएका छन् । दि ब्यासिले डि कालमेटे एट गुएटिन (बिसीजी) जुन यस रोगका लागि उपलब्ध एकमात्र खोप हो र क्षयरोग रोक थामका लागि एकमात्र दरिलो उपाय हो । त्यो पनि आंशिक रूपमा मात्र प्रभावकारी छ । वास्तवमा यसले जटिल अवस्थामा रहेका बालबालिकाको रोग निको पार्छ । यसका कारण पनि क्षयरोग निवारणका क्षेत्रमा केही न केही मात्रामा सहयोग पुगेको छ । अहिले नै यो खोप लगाएका बिरामीहरूले उपचारको प्रारम्भिक चरण पार गरेकै छन् र आगामी दिनका लागि पनि क्षयरोगीलाई हुने पनि यही खोप हो ।
चुनौतीहरू डराउनुपर्ने खालका नै छन् । तर दशौँ लाख नागरिकको जीवन दाउमा राखेर पछि हट्नु भनेको कुनै विकल्प भने होइन । यो अनुसन्धानको विषय हो र विश्व स्वास्थ्य सङ्गठनको विश्वव्यापी रणनीतिले मान्यता दिएको छ । तर क्षयरोयको पहिचान र निदानका क्षेत्रमा बर्सेनि कम्तीमा पनि २ अर्ब अमेरिकी डलर आवश्यक छ, तर करिब ५९ करोड डलर मात्र बजेट छुट्याइएको थियो सन् २०१३ मा ।
पछिल्लो समय यसरी सहयोग गर्नेको सङ्ख्या घट्दो छ । सरकारी निकाय एवम् दाता तथा सहायता समूहहरूको सङ्ख्या पनि विशेषताः घट्दो अवस्थामा छ । गतवर्ष यो समूहको सहयोगमा १० प्रतिशतले गिरावट आएको थियो । वर्तमान अवस्थामा हेर्ने हो भने एउटा मात्रै दाता सङ्गठन बील एन्ड मोलिन्दा गेट्स् फाउन्डेसनले मात्र क्षयरोगका क्षेत्रको अनुसन्धानअन्तर्गतको बजेटको २५ प्रतिशतभन्दा बढी बजेट उपलब्ध गराएको छ ।

यसरी निजी क्षेत्रतर्फ हेर्ने हो भने पनि क्षयरोगको अनुसन्धानका क्षेत्रमा लगानी गर्न औषधि निर्माण गर्ने कम्पनीहरूले पनि विस्तारै हात झिकिरहेका छन् । उनीहरूको अन्य नयाँ खालका सर्ने प्रकृतिका रोगहरूमा लगानी गर्न अथवा नयाँ औषधिको विकासतर्फ भने तानिए जस्तो देखिन्छ । विक्तिजर क्षयरोगमा अनुसन्धान गर्न सन् २०१२ मा इच्छुक रह्यो भने आष्ट्रा चेनका २०१३ मा । त्यसैगरी गतवर्ष मात्र नाभार्टिस्ले इच्छा देखाएको थियो ।

क्षयरोगका क्षेत्रमा लगानीको अवस्था बढाउन तथा यसको महामारीको अन्त्य गर्न धेरै भन्दा धेरै र भिन्न भिन्न प्रकारका दाताहरूको संलग्नताको आवश्यकता छ । यदि संसारको निजी क्षेत्र यसका लागि इच्छुक नहुने हो भने यसका लागि सरकारहरू नै तयार हुनुपर्नेछ दिगो विकासका कार्यक्रमहरूसहित । सराकारहरू प्रत्यक्ष रूपमा नै लगानी गर्नेगरी तयार हुनुपर्छ र उनीहरूले सहायताका कार्यक्रमहरूको घोषणा पनि गर्नुपर्छ तब मात्र यस क्षेत्रको सह्रस्राब्दी विकासको लक्ष्य प्राप्त हुनसक्छ ।

अन्तमा क्षयरोगको निवारण स्वास्थ्य उपचार प्रणाली ठीक वा सही उपचारका लागि सक्षम छ भन्ने कुरा प्रमाणित हुनु हो । त्यसैगरी ठीक वा सही उपचारले नयाँ नयाँ उपचार पद्दति, रोग पहिचान र निदानमा आवश्यक औजारको विकास, सुरक्षित र चाँडै काम गर्ने औषधिको प्रयोग एवम् प्रभावकारी क्षयरोगको खोपको विकासमा सघाउँछ ।

 (गुनिला स्वीडेनको सोल्नास्थित क्यारोलिन्स्किा क्लिनिकल साइन्स इन्स्टिुच्युटका प्राध्यापक हुन् ।)

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी