तीन दशकमै यस वर्ष पशुपतिमा व्यवस्थित तीज

तीन दशकमै यस वर्ष पशुपतिमा व्यवस्थित तीज

  • बुधबार, भदौ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौँ, ३० भदौ । हारितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा लागेको मेला विगत तीन दशकभन्दा व्यवस्थित भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मेला व्यवस्थित भएका कारण तीन दशक अघिदेखि बन्द हुँदै आएको चावहिल–गौशाला–पुरानो बानेश्वर, रातोपुल र एयरपोर्ट सडकमा यस वर्ष निर्वाधरुपमा सवारी साधन सञ्चालन भएको कोषका सदस्य डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।

“यसवर्ष बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएकाले र अपराह्न १ बजेदेखि २ बजेसम्म भोगका लागि मात्र बन्द गरिएकाले पनि सडक जाम धेरै समय भएन, यसमा भट्ट र भण्डारीले पनि राम्रो सहयोग गर्नुभएकाले यस वर्ष तीन दशककै तुलनामा बढी व्यवस्थित भएको हो”–उहाँले भन्नुभयो ।

दर्शन एवम् पूजा आजाका लागि आएका महिलाहरुले पनि यस वर्ष पशुपतिमा राम्रो व्यवस्था भएकाले छिटो दर्शन गरेर फर्कन पाएको बताएका छन् । मैतीदेवीबाट आउनुभएकी सुनिता रेग्मी यस वर्ष पशुपतिमा पहिलेभन्दा छिटो दर्शन गर्न पाइएको बताउनुहुन्छ ।

यस वर्ष लाइनमा राम्रो व्यवस्थापन गरे पनि पास वितरणलगायतमा व्यवस्थापन त्यति राम्रो नदेखिएको बालाजुबाट आउनुभएकी शर्मिला रिजालले बताउनुभयो । “स्वयंसेवकलगायतको पास बोकेर हिँड्नेहरुले पासको दुरुपयोग गरी मानिस सिधैँ छिराएको मैले देखेँे” उहाँले भन्नुभयो ।

कोषले पूजा ब्यवस्था नियमावली लागू गरेपछि भक्तजनले ल्याएका पूजा सामग्री थुन्सेमा चढाउने व्यवस्था मिलाएको थियो । यसलाई सुधार गर्नुपर्ने धेरै सुझाव आएको कोषका सदस्य सचिव टण्डनले बताउनुभयो ।

बेलुकी ६ बजेसम्म साढे चार लाख भक्तजनले पशुपतिको दर्शन गरेको र अझै दर्शनका लागि लाइनमा बस्नेको सङ्ख्या धेरै रहेकाले बेलुकीसम्म पाँच लाखभन्दा बढीले दर्शन गर्ने अनुमान गरिएको कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ