एपिएफको मोबाइल एप्स सञ्चालनमा

एपिएफको मोबाइल एप्स सञ्चालनमा

  • बुधबार, भदौ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौँ, ३० भदौ । सुरक्षा परिस्थितिलाई ध्यानमा राखेर सशस्त्र प्रहरी बलले सूचना प्रविधिमार्फत आफ्नो फिल्ड कमाण्डर तथा अन्य महत्वपूर्ण ड्युटीमा रहेका सशस्त्र प्रहरी कर्मचारीको परिचालन ‘मुभमेन्ट’ लाई अनुगमन गर्न एपिएफको लोगो अङ्कित ‘मोबाइल एप्स’ सञ्चालनमा ल्याएको छ ।

सूचना प्रविधि भरपर्दो र विश्वसनीयसमेत हुने हुँदा यो प्रविधि उपयोगमा ल्याइएको हो । फिल्डमा एपिएफ टोलीको तैनाथीलगायत गतिविधिको ‘रिपोर्ट’ लिइराख्नुभन्दा केन्द्रमै बसेर ‘मोबाइल एप्स’ बाट उनीहरुको ‘मुभमेन्ट’ अनुगमन गरिदा समयको बचत हुनुका साथै झन्झटसमेत नहुने भएकाले सशस्त्र प्रहरी बलले सो एप्स सञ्चालनमा ल्याएको हो ।

संविधानसभाको निर्वाचनअघि निःशुल्क सञ्चालन गर्न सकिने ‘लाइभ भिडियो स्ट्रिमिङ’ सञ्चालनमा ल्याई हाल नियमित सशस्त्र प्रहरी कार्यसम्पादनमा उपयोग गरिरहेको सशस्त्र प्रहरी बलले यस प्रविधिबाट कार्यसम्पादनमा अझै सहजता तथा प्रभावकारिता आउने विश्वास लिएको छ ।

‘एपिएफ लोकेसन सेन्टर’ नाम दिइएको सो ‘मोबाइल एप्स’ सशस्त्र प्रहरी बलको कम्प्युटर फिल्डका प्राविधिकले करिब दुई हप्ताको प्रयासमा निर्माण गरेका हुन् । सो एप्स आजैदेखि उपयोगमा ल्याइएको छ ।

सशस्त्र प्रहरी बल तथा बलमा आबद्ध राष्ट्रसेवकहरुले मात्रै उपयोग गर्न सक्नेगरी तयारी गरिएको सो एप्स उपयोगका लागि सशस्त्र प्रहरी बलले सङ्गठनभित्र उपयोग गरिरहेको ‘इन्ट्रानेट’ प्रविधिमार्फत उक्त एप्स ‘डाउनलोड’ गर्नुपर्ने हुन्छ । एपिएफको लोगो अङ्कित सो एप्स ‘स्मार्ट फोन’ मा ‘डाउनलोड’ गरी ‘इन्स्टल’ गरेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले केन्द्रमै बसेर अनुगमन गर्न सक्छ ।

यस प्रविधिमा आबद्ध एपिएफ टोलीले कुनै एक मात्रै पनि अक्षर लेखेर वा नलेखिकनै पनि यस ‘एप्लिकेसन’ मा रहेको सेन्ट बटन थिचेपछि ऊ रहेको ठाउँको अक्षांश र देशान्तर तथा त्यहाँको भौगोलिक अवस्था, त्यहाँको पुल, बाटो, अन्य सुरक्षा निकायको उपस्थितिलगायतको सबै विवरण एपिएफ प्रधान कार्यालयस्थित ‘जिआइएस म्याप’ मा ‘प्लटिङ’ हुने हुँदा सुरक्षा कामकारबाहीमा यसले ठूलो सघाउ पु¥याउने विश्वास लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छत्कुलीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । यस सूचना प्रविधिलाई ‘खोजी तथा उद्धार कार्य’ तथा विपद् व्यवस्थापन कार्यमासमेत उपयोग गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी