उदयपुर, भदौ ३० गते ।
संविधान जारी हुने मितिको संघारमा उदयपुरका थारु समूदायले बुधबार विसाल प्रदर्शन गर्दै आफुहरुको अधिकार समेट्न खबरदारी गरेका छन् ।
साउन ३० देखि लगातार आन्दोलनरत थारु समुदायले बुधबार उदयपुरको गाईघाटमा दशौं हजारको संख्यामा विशाल प्रदर्शन गर्दै आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी रहेको सन्देश दिएका थिए । प्रदर्शनमा मधेसी समुदायसमेतको सहभागिता थियो ।
गाउँगाउँदेखि आएका थारुसमूदायका युवा, महिला तथा बृद्धबृद्धाहरुले माग पुरा नरहेसम्म आन्दोलन जारी रहेको सन्देश दिएका थिए । तीजको दिनमा पनि थारु महिलाहरु भने अधिकार प्राप्तीका लागि आन्दोलनमा नाराबाजी गरिरहेका थिए ।
प्रदर्शनपछि मूख्यचौकमा आयोजित सभालाई सम्बोधन गर्दै थारु आन्दोलनका अगुवा नेताहरुले सत्ता शक्ति र दुई तिहाईको आडमा जबरजस्ती ल्याएको संविधान मान्य नहुने बताए । आन्दोलनका अगुवा नेता तथा थारु कल्याणकारीणी सभा उदयपुरका सभापति प्रदीपकुमार चौधरीले दुई तिहाईको बलमा जबरजस्ती संविधान ल्याउने प्रयास भईरहेकोमा आपत्ति जनाउदै त्यसरी संविधान ल्याए मान्य नहुने बताउनुभयो ।
त्यसैगरी नेपाल आदिबासी जनजाति महासंघ संघीय परिषदका सचिव ध्यानी उराव, थारु कल्याणकारीणी सभाका केन्द्रिय कोषाध्यक्ष जयराम पञ्जीयारले लामो आन्दोलन छेडेको थारुहरुको माग संबोधन हुनुपर्ने र अधिकार सुनिश्चित हुनुपर्नेमा जोडदार माग गरे ।
तराईमा तीनप्रदेशको माग गरेका थारुहरुले उदयपुर, सप्तरी, सिरहा, सुनसरी, मोरङ र झापालाई कोचीला प्रदेश बनाउनुपर्ने, चितवनदेखि कैलाली कन्चनपुरसम्म थरुहड प्रदेश र पर्सादेखि धनुषासम्म मधेश प्रदेश बनाउनुपर्ने उनीहरुको माग रहेको छ ।
थारुहरुको बसोबास रहेको तराईको २२ वटा जिल्लामा थारु आन्दोलन जारी रहेको भन्दै उनीहरुले आन्दोलनको लामो समय वितिसक्दा पनि राज्यले सुनुवाई नगरेकोमा गुनासो गरे । फुटेज हालेको छु सर ।