३० भदौ, विराटनगर ।
संविधान जारी गर्ने मिति नजिकिदै जाँदा सम्भावित अवस्थालाई मध्यनजर गर्दै पूर्वमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रदेश सीमांकन लगायतका माग राखेर आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले समेत विभिन्न स्थानमा शक्ति प्रदर्शनमा उत्रने क्रमलाई तिव्रता दिइरहेकाबेला पूर्वमा सुरक्षा सतर्कता पनि बढाइएको हो ।
मोरङमा मात्रै नभई पूर्वाञ्चलका सबै क्षेत्रमा संभावित घटनालाई मध्येनजर गर्दै सुरक्षा रणनीति तयार गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरिक्षक माधवप्रसाद जोशीले बताउनु भयो ।
सुनसरी सदरमुकाम इनरुवामा गरिएको शक्ति प्रदर्शन, झापाका विभिन्न चर्चलाई लक्षित गरी भएका विष्फोट लगायतका घटनाले सुरक्षा चुनौती बढेको छ ।
प्रहरीले संभावित घटनाहरुलाई मध्येनजर गर्दै राजमार्ग क्षेत्रमा सवारी चेकजााचलाई कडाई गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले जिल्लामा सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहे पनि सम्भावित घटनालाई दृष्टिगत गर्दै थप कडाई गरिएको बताउनु भयो ।
यता विराटनगरमा भने आज मधेसी मोर्चाले लाठी जुलुस प्रदर्शनको गरेको छ ।