काठमाडौ, ३० भदौ । विष सेवनबाट जुम्लाको कालिकोटमा एक महिलाको आज बिहान यहाँ मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको स्युना गाविस–५ निवासी प्रेमबहादुर शाहीकी ४० वर्षीया श्रीमती मैना शाही रहेको छ ।
गएराति खाना खाइसकेपछि पारिवारिक कलहका कारण विष सेवन गरेपछि उपचारका क्रममा लैजाँदै गर्दा मैनाको बाटैमा मृत्यु भएको हो ।
मृत्युको कारणबारे केही जानकारी नभएको र अनुसन्धान प्रक्रिया जारी रहेको इलाका प्रहरी कार्यालय स्युनाका प्रमुख जङ्गबहादुर आलेले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline