काठमाडौ ३० भदौ । संविधान सभामा जारी परिमार्जित विधेयकमाथिको मतदान सम्वभतः आज सकिने भएको छ ।
अब संशोधन प्रस्ताव पारित गर्न निकै कम बाँकी रहेकाले बेलुकासम्ममा संविधान विधेयक पारित हुने सम्भावना रहेको संविधानसभा सचिवालयले जनाएको छ ।
यसैबीच आज पनि विधेयकका पारित हुन बाँकी रहेका धारा उपधारा र संशोधन प्रस्ताव निर्णयार्थ पश हुदैछन् । त्यसका लागि संविधानसभा बैठक बिहान १० बजेका लागि बोलाइएको छ ।
यसअघि हिजो मात्र एक सय १९ ओटा धारा पारित गरिएको थियो । ३ सय दुई धारा मध्ये एक सय २६ धारा पारित गर्न बाँकी छ । हिजोसम्ममा संविधानका एक सय ७६ धारा पारित भएका छन् ।
धारा उपधारा र संशोधन प्रस्तावहरुको ध्वनी मतबाट निर्णय सकिएपछि संविधान विधेयक मत विभाजनको प्रक्रियाबाट पारित गरिनेछ । त्यसपछि अन्तिम रुप पाएको विधेयकमा सभासदहरुले हस्ताक्षर गर्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline