डेनमार्कका राजकुमार फ्रेडरिक भोली नेपाल आउने

डेनमार्कका राजकुमार फ्रेडरिक भोली नेपाल आउने

  • बुधबार, भदौ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ३० भदौ ।  डेनमार्कका राजकुमार फ्रेडरिक भोली नेपाल आउनुहुने भएको छ ।

भूकम्पपछिको नेपालको अवस्था बुझ्न डेनिस राजकुमार नेपाल आउन लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत वैशाख १२ को भूकम्पपछिको अवस्था अवलोकन गर्न पश्चिम मुलुकबाट नेपाल आउने डेनिस राजकुमार फ्रेडरिक नै पहिलो उच्च ओहदाका व्यक्ति हुनुहुन्छ । डेनिस रेडक्रसको निमन्त्रणामा उहाँ चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आउन लाग्नु भएको हो ।

उहाले उपत्यका बाहिर भूकम्प प्रभावित विभिन्न जिल्लाको भ्रमण गर्नुका साथै लमजुङका भूकम्प पिडितका लागि रेडक्रसले सन्चालन गरेको परियोजनाको पनि अवलोकन गर्नुहुने कार्यक्रम तय भएको छ ।

राजकुमार फ्रडरिकको भ्रमणका क्रममा कुनै द्धिपक्षीय तथा राजनितिक मुद्धाका विषयमा छलफल नहुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

डेनमार्कले नेपालको शान्तिप्रक्रिया र विकास परियोजनामा महत्वपूर्ण सहयोग पुर्याएका कारण उहाको भ्रमण अनौपचारिक भएपनि सरकारले महत्व दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ