झडपपछि १४ कैदीबन्दी सारियो

झडपपछि १४ कैदीबन्दी सारियो

  • बुधबार, भदौ ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ ३० भदौ ।  

पाँचथर जिल्ला कारागारबाट १४ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ । कैदीबन्दीबीच भएको विवादले झडपको स्थिति निम्तिएपछि १४ जना कैदी र बन्दीलाई स्थानान्तरण गरिएको हो ।

तीमध्ये इलाम कारागारमा तीन र क्षेत्रीय कारागार झुम्का सुनसरीमा ११ जनालाई स्थानान्तरण गरिएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

सोमबार कारागारमा क्यान्टिनमा खाना र खाजाको शुल्क महँगो भएको विषयमा विवाद हुँदा झडप भएको थियो । सो क्रममा कारागारका चौकीदार टेकनाथ रिजाल, प्रेमजङ्ग केरुङ लगायत घाइते भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ